Skip to content

सशस्त्र प्रहरी बल पर्साद्वारा २२ लाख ४१ हजार मूल्य पर्ने सामान बरामद

nabil
global ime

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले पर्साको विभिन्न स्थानबाट भन्सार छली गरेर भित्र्याइएका २२ लाख ४१ हजार २४० रूपैयाँ मूल्य बराबरका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी कृष्णसिंह पुजाराले सशस्त्र प्रहरीले सोमबार ११ लाख ८३ हजार रूपैयाँ मूल्य बराबरको सवारीसाधनका इञ्जिनको स्पेयर पार्टसहरू नियन्त्रणमा लिएको जानकारी दिए ।

त्यस्तैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले गोपालजी साहको घरमा कपडा भण्डारण गरी राखेको छ भन्ने सूचनाअनुसार कपडा र वडा नं १०, आदर्शनगरस्थित शङ्करप्रसाद रौनियरको घरमा किराना सामान तीन लाख ६० हजार ६३० रूपैयाँमूल्य बराबरका सामान बरामद गरेको जनाएको छ ।

त्यस्तैगरी सोही गुल्मबाट खटिएको सशस्त्र प्रहरीले मंगलबार प्रदेश ००१ह १२२४ नम्बरको इ–रिक्सामा लोड गरी नगवातर्फ लैजाँदै गरेको अवस्थामा ६१५ लिटर मूल्य पर्ने घरेलु मदिरा र दुई लाख ५० हजार रूपैयाँ मूल्य पर्ने इरिक्सासमेत बरामद गरेको छ ।

मंगलबार नै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगर–१७ स्थित भन्सार छली गरेर भारतबाट ल्याउँदै गरेको चार लाख २९ हजार ५०० रूपैयाँ मूल्य बराबरको मोबाइल पार्टस् नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी पुजाराले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T