Skip to content

जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल

सुदूरपश्चिम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा काम गर्न क्रियाशील रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले परिवर्तनको अनुभूति दिन नसेकमा जनतामा सरकारप्रति नकारात्मक सन्देश जाने भएकाले सचेत भएर काम गरिरहेको बताए ।

वर्तमान संविधान निर्माण भएपछि राजनीतिक संयन्त्र मात्र कार्यान्वयन भइरहेको र जनताका आधारभूत आवश्यकताका क्षेत्र स्वास्थ्य, शिक्षाजस्ता विषयमा सोचेअनुसार काम नहुँदा संविधानप्रति टिकाटिप्पणी हुन थालेको उनको भनाइ छ ।

मन्त्री पौडेलले कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अस्पताल सञ्चालन गरेर एमबीबीएस पढाइ सुरु गर्न सरकार प्रतिवद्ध रहेको बताए।

उनले भने, ‘गेटा मेडिकल कलेजलाई ३०० शय्या बनाइन्छ, यसका लागि २५० जनशक्तिको दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइ सकिएको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi