Skip to content

३० महिनापछि आफ्नै भवनमा उच्च अदालत

बागलुङ । आफ्नै भवन नहुँदा जिल्ला अदालतको भवनबाट सेवा प्रवाह गरिरहेको उच्च अदालत पोखरा बागलुङ इजलासले बिहीबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ ।

भवन निर्माणका लागि बागलुङ बजारको रुद्रेपीपलस्थित जिल्ला अदालतबाट ३० महिनादेखि सेवा प्रवाह गरिरहेको उच्च अदातलले नयाँ भवनबाट सेवा दिन थालेको छ।

उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार रामबहादुर थापाले सुविधासम्पन्न भवनबाट सेवा प्रवाहका साथै अभिलेखहरूको संरक्षण गर्न सहज भएको बताए। साढे छ तलाको आपाङ्गमैत्री भवनमा ‘अण्डरग्राउड पार्किङ’सँगै न्यायाधीश आवास निर्माण गरिएको छ । भवन ५७ करोडमा बनेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima