Skip to content

टिसिएलको ग्लोबल ब्रान्ड एम्बेसडरमा ओलम्पिक स्की च्याम्पियन एइलिन गू

nabil bank

काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलले आफ्नो नयाँ ग्लोबल ब्रान्ड एम्बेसडरको रूपमा ओलम्पिक स्वर्णपदक विजेता स्की खेलाडी एइलिन गूलाई नियुक्त गरेको छ।

एइलिनलाई टिसिएलको नवीनतम प्रविधि, युवा पुस्ता लक्षित उत्पादन र ब्रान्ड मूल्यलाई विश्वव्यापी रूपमा प्रोत्साहन गर्ने जिम्मेवारी दिइएको छ। कम्पनीले विज्ञप्तिमार्फत गूको उपलब्धि, नेतृत्व क्षमता र विश्वभरको लोकप्रियता ब्रान्डको दृष्टिसँग मेल खाने भएकाले यो निर्णय गरिएको जनाएको छ।

चीन मूलकी अमेरिकी खेलाडी एइलिनले २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकमा दुई स्वर्ण र एक रजत पदक जितेकी थिइन्। उनी खेलकुदसँगै फेसन र जीवनशैली क्षेत्रमै पनि विश्वस्तरीय प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छिन्। टिसिएलले यसअघि पनि विभिन्न खेल तथा मनोरञ्जन क्षेत्रमा विश्वप्रसिद्ध व्यक्तित्वहरूसँग सहकार्य गर्दै आएको छ। कम्पनीले गूको साथले युवा पुस्तासँग अझ नजिक हुने विश्वास व्यक्त गरेको छ।

‘म टिम टिसिएलको ग्लोबल ब्रान्ड एम्बेसडरको भूमिकामा आउँदा  उत्साहित छु,’ एइलिनले भनिन्। उनले टिसिएलले उत्साह, साहस र नवीनतम प्रविधिमार्फत संसारलाई परिवर्तन गर्ने दृष्टि साझा गर्ने उल्लेख गर्दै आगामी हिउँदे ओलम्पिक मिलान–कोर्टिना २०२६ तर्फ उत्साहजनक यात्रामा ब्रान्डसँगै रहने प्रतिबद्धता व्यक्त गरिन्।

एइलिनको नियुक्ति टिसिएलको महिला सशक्तीकरण–केन्द्रित ‘ टिसिएल फर हर’ अभियानसँग मेल खाने गरी गरिएको हो। यस अभियानमार्फत कम्पनीले प्रविधि, शिक्षा र सामाजिक पहलमा लगानी गर्दै हालसम्म २,००० भन्दा बढी युवतीलाई सहयोग गरिसकेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi