Skip to content

३ करोड १९ लाख लागतमा तार्दीखोलामा पक्की पुल निर्माण

लमजुङ । यहाँको दोर्दी गाउँपालिका–१ र राईनास नगरपालिका–९ जोड्ने तार्दीखोलामा पक्की पुल निर्माण भएको छ ।

आगामी चैत महिनासम्म निर्माण अवधि रहेको यस पुल ९ महिना अगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रमुख नरेशराज जोशीले भने, ‘सम्झौताअनुसार समय अगावै सम्पन्न हुने योजना कमै छन्, सो मध्ये एक पुल हो यो ।’

ओससिस आङबुहाङ जेभीले निर्माणको ठेक्का लिएको सो पुल पाँच करोड १२ लाख २८ हजार ४४८ रुपैयाँ १६ पैसाको स्टिमेट गरेपनि ठेकेदारले तीन करोड १९ लाख ९९ हजार ८३४ रुपैयाँ ५० पैसामा निर्माण गरेको कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima