Skip to content

लघुवित्त वित्तीय संस्थामा २५ प्रतिशतभन्दा बढी सेयर हुने संस्थापकले लाभांश नपाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थामा २५ प्रतिशतभन्दा बढी संस्थापक सेयर हुनेले लाभांश नपाउने भएका छन् ।

राष्ट्र बैंकले बुधबार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । लाभांश पाउनका लागि लघुवित्तमा २५ प्रतिशतभन्दा भन्दा कम सेयर हुनु पर्नेछ ।

जारी कार्यविधिमा यस बैंकबाट इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने र “घ” वर्गको संस्थाको हकमा उपर्युक्त बमोजिमको सीमालाई क्रमशः २५ प्रतिशत र १० प्रतिशत लगानी गर्न सकिने विद्यमान व्यवस्था भन्दा बढी हुनेगरी संस्थापक शेयर धारण गर्ने संस्थापक शेयरधनीहरुलाई तोकिएको सीमा कायम नगरे सम्म प्रस्तावित नगद लाभांश तथा वोनश शेयर वितरण रोक्का राख्न लगाउने । उल्लिखित लगानी सीमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीमा संस्थापक भई लगानी गर्दा लागू नहुने’ भन्ने व्यवस्था गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T