Skip to content

यातायात व्यवसायी राष्ट्रिय महासंघको काठमाडौं जिल्ला अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको काठमाडौं जिल्ला अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।

महासंघको आज सम्पन्न सातौं जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । सचिवमा हरिशचन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजन श्रेष्ठ निर्वाचित हुनुभएको महासंघका बागमती प्रदेश संयोजक सुवन गिरीले जानकारी दिए।

यस्तै सदस्यमा नविना खड्का, रामकुमार केसी, टीका कार्की, जय दाहाल, रुपेश श्रेष्ठ, कृष्णप्रसाद घिमिरे, चित्र भट्ट, खिलबहादुर श्रेष्ठ, दुर्गा सारु मगर र उद्धव खड्का निर्वाचित भएका छन् । राजधानी काठमाडौंमा भएका झण्डै २०० यातायात समिति तथा कम्पनीको प्रतिनिधित्व गर्दै उक्त समिति निर्वाचित भएको हो । अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष विजयबहादुर स्वाँरले उद्घाटन गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima