काठमाडौं । जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन र संयमता अपनाउन आग्रह गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको हो ।
आग्रह पत्रमा भनिएको छ ‘हाम्रो आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकेको छ। प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट स्वीकृत भएको छ। यसले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ । जेनजी आन्दोलनले अब देश नयाँ नेतृत्वतर्फ गएको दाबी गर्दै आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन आह्वान गरेको छ। सार्वजनिक सम्पत्ति सबैको साझा सम्पत्ति भएको भन्दै त्यसमा क्षति पुर्याउन नहुने प्रष्ट पारिएको छ । आन्दोलनले नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको जनाउँदै संयम र धैर्यका साथ अघि बढ्न आग्रह गरेको छ । हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो ।’












प्रतिक्रिया दिनुहोस्