Skip to content

साउनमा घट्यो महँगी, खाद्य तथा पेय पदार्थ समूहको ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मूल्यवृद्धि दर ह्वात्तै घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो । आलु आवको पहिलो महिनामा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति -२.२८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.१७ प्रतिशत र २.९४ प्रतिशत रहेको थियो ।

साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९७ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ४.६४ प्रतिशत र फलफूलको ३.०१ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, मरमसलाको ४.८१ प्रतिशत र माछा तथा मासुको २.४१ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.६० प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७० प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.८४ प्रतिशत, मधेश प्रदेशको १.८६ प्रतिशत, बागमती प्रदेशको १.६७ प्रतिशत, गण्डकी प्रदेशको१.०३ प्रतिशत, लुम्बिनी प्रदेशको १.३५ प्रतिशत, कर्णाली प्रदेशको १.७९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.३१ प्रतिशत रहेको छ ।

साउन महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२६ प्रतिशत, तराईको १.३३ प्रतिशत, पहाडको १.५६ प्रतिशत र हिमालको २.५९ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima