Skip to content

दसैंका लागि च्याङ्ग्रा बिक्री सुरु (फोटो फिचर)

काठमाडौं । दसैं लागे सँगै मुस्ताङ क्षेत्रबाट उपत्यका ल्याइएको च्याङ्ग्रा बिक्री सुरु गरिएको छ । भक्तपुरको सल्लाघारी चौरमा बिक्री कक्ष सञ्चालन गरी च्याङ्ग्रा बिक्री वितरण सुरु गरिएको हो ।

मुस्ताङका विभिन्न क्षेत्रबाट संकलन गरी १२ औं दिनका दिन पुत्यका ल्याइएको च्याङ्ग्रा मूल्य प्रतिकेजी हालसम्मका लागि १२ सय ५० रुपैयाँ निर्धारण गरिएको व्यापारी रमेश श्रेष्ठले जानकारी दिए।

 

यस वर्ष सरकारले खसी, बोका, भेडा च्याङ्ग्रा दशैंको लागि बिक्री वितरण नगर्ने भएसँगै सर्वसाधारणले केही महँगो मूल्यमा किन्नु पर्ने अवस्था आएको छ ।


खसी, बोका जस्तै दशैमा च्याङ्ग्राको माग पनि राम्रो रहेको व्यापारीहरु बताउँछन् ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima