Skip to content

तीन कम्पनीले १ दिनमा ५१ हजार गाडी बिक्री गरे, मारुतीले कायम गर्यो ३० वर्ष अगाडीको रेकर्ड 

काठमाडौं । सरकारले वस्तु तथा सेवा कर ‘गुड एण्ड सर्भिस ट्याक्स’ (जिएसटी) को दर घटाए पछि भारतीय बजारमा तीन गाडी कम्पनीको व्यापार ह्वातै बढेको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्गा पूजाको पहिलो दिन नै भारतका टप ३ अटोमोबाइल्स कम्पनी मारुति, झुन्डाई र टाटा मोटर्सले ५१ हजारभन्दा बढी कार बिक्री गरेका हुन ।
भारत सरकारले २२ सेप्टेम्बरदेखि लागू हुने जिएसटी घटाएको थियो । जसको कारण भारतमा गाडीको मूल्य ४ वर्ष अगाडीको मूल्यमा झरेको छ । यसैगरी, विभिन्न कम्पनीहरूले अहिले चाडपर्वको अफर पनि दिएका छन् । भारतमा नवरात्रिको ९दिनमा कार किन्न शुभ मानिन्छ। जसको कारण गाडीको व्यापार बढेको हो । यी तिन कम्पनीले चाडपर्व लक्षित १० प्रतिशत छुट दिएका छन् । कार सस्तो भएपछि कम्पनीहरूले व्यापारमा रेकर्ड ब्रेक गरेका हुन ।
मारुतीले २२ सेप्टेम्बरमा करिब ३० हजार गाडी बिक्री गरेको छ । कम्पनीको व्यापार विगत ३० वर्षको सबैभन्दा धेरै हो । साना कारको मूल्य हाल १० देखी १५ प्रतिशत सस्तो भएपछि मध्यम वर्गका परिवारहरू पनि सिधै शोरुम पुगेर गाडी खरिद गरिरहेका छन् ।
यसैगरी, हुन्डाईको ५ वर्षको बिक्री रेकर्ड तोडिएको छ । हुन्डाईले नवरात्रिको पहिलो दिन करिब ११ हजार गाडी बेचेको छ ।  कम्पनीका अनुसार, ग्राण्ड आइ–१० नियोस र क्रेटाको सबैभन्दा बढी माग थियो । यसैगरी, टाटाले एक दिनमा नै १० हजार कार बेचेको छ । टाटाको नेक्सन र पञ्च इभि मोडेलहरूको गाडी सबैभन्दा बढी बिक्री भएको थियो ।
भारतमा सन् २०२५ को जनवरीदेखि जुनसम्म आउँदा २२ लाख सवारीसाधन बिक्री भएको छ। अघिल्लो वर्षको तुलनामा बिक्री १.४ प्रतिशतमात्र बढेको छ। हाल गाडी कम्पनीलाई बिक्री बढाउने दबाब छ। अगस्टमा कम्पनीहरूसँग ५६ दिनको स्टक थियो । जबकि इन्डस्ट्रीका लागि २१ दिनको स्टक सही मानिन्छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi