Skip to content

ऊर्जामन्त्री घिसिङ भारत जाने, प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा खनाल नियुक्त, अन्य के-के छन् मन्त्रिपरिषदका निर्णय ?

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले उर्जामन्त्री कुलमान घिसिङलाई विदेशमा पठाउन स्वीकृति दिने निर्णय गरेको छ ।

सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा भाग लिन उर्जामन्त्री कुलमान घिसिङलाई पठाउन स्वीकृति दिने निर्णय गरेको उनको भनाइ छ ।

आजको बैठकले जेनजी आन्दोलनमा घाइतेलाई परिचयपत्रको व्यवस्था गृहमन्त्रालयले गर्ने निर्णय गरेको छ भने आन्दोलनका घाइतेको पुन उपचारको व्यवस्था गर्न देशभर जेनजी क्लिनिक खोल्ने र एम्बुलेन्सको सहजीकरण गर्ने निर्णय गरेको छ

बैठकले घाइते भएकाहरुको बर्गिकरण गर्न प्राविधिक समिति बनाउने र तत्काल कार्य गर्ने निर्णय गरेको छ । बर्गिकरणपछि घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै मुग्लिनदेखि पोखरा जाने बाटोमा मर्स्याङ्दी जलविद्युतसम्म गोरखापट्टि सडक खोल्न ३० मिटर सदर गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रधामनन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमिल्सिनालाई नियुक्त गरेको मन्त्री खरेलले जानकारी दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi