Skip to content

धादिङमा पहिरोले पृथ्विराजमार्ग अवरुद्ध

काठमाडौं ।   धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला स्थित पृथ्विराजमार्गमा पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको छ।

असोज १८ गते बिहान ५:५५ बजे लगातारको वर्षापछि खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

सडक अवरुद्ध हुँदा काठमाडौं–पोखरा तथा पश्चिम तर्फका गन्तव्यमा आवागमनमा समस्या परेको छ। पहिरो पन्छाउन डोजर परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको भए पनि ठूलो मात्रामा माटो र ढुंगामाटो खसेकाले अझ केही समय लाग्ने अनुमान गरिएको छ।

प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi