Skip to content

दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

तनहुँ । जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।

त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौंका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिए। बेसींसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढ्दा त्यहाँका सबै कैदीबन्दीलाई दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो ।

लमजुङ कारागारबाट छ महिलासहित १०९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो । दमौली कारागारमा ३१ र कास्की कारागार कार्यालयमा ७८ कैदी तथा थुनुवा गरी १०९ जनालाई पठाइएको प्रहरीले जनाएको छ । आउन बाँकी रहेका कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

उनले भने, ‘एक सयको हाराहारीमा कैदीबन्दी कारागार आउन सक्छन्, तर केही जघन्य अपराधका कैदीबन्दी फरार हुनसक्नेतर्फ प्रहरीले कडाइका साथ निगरानी बढाइएको छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi