Skip to content

युवा संघलाई मोटरसाइकल र्‍याली गर्न प्रशासनले रोक्यो

काठमाडौं । नेकपा एमाले निकट युवा संघले शनिबार गर्न लागेको मोटरसाइकल र्‍याली र सभा गर्न प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै रोक लगाएको हो ।

युवा संघले शनिबार काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्‍याली आयोजना गर्न लागेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश र सभा गर्न अनुमति नदिएको जनाएको छ ।

‘मिति २०८२-०६-२५ गते शनिवारका दिन फरक फरक समूहहरुले काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा मोटरसाईकल ऱ्याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको छ’ सूचनामा भनिएको छ ‘गत भाद्र २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटनाहरु हुन पुगेको यहाँहरु सबैलाई विदितै छ । शान्ति सुरक्षाको स्थिति बनाईराख, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु शुरु भएका छन् । यसै सिलसिलामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima