Skip to content

बाढी पहिरोका कारण ३ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, एउटा राजमार्ग एकतर्फी सञ्चालन 

काठमाडौं ।  देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । केही राजमार्ग एकतर्फी रूपमा  सञ्चालन भएका छन् ।
नेपाल प्रहरीका अनुसार सङ्खुवासभा जिल्ला भोटखोला गाउँपालिका–४ बरूणखोला स्थित  कोसी राजमार्ग  पूर्ण रूपमा अवरोध भएको छ । सोही जिल्ला  मकालु गाउँपालिका–३ एकुवा  स्थित कोसी राजमार्ग  पूर्ण रूपमा अवरोध भएको छ ।
रसुवा  जिल्ला गोसाईंकुण्ड गाउँपालिका–२ तीन स्थानमा बन्द स्थित पासाङ ल्हामु सडक खण्डमा सडक पूर्ण रूपमा अवरोध भएको छ । इलाम जिल्ला इलाम नगरपालिका–९ राजदुवाली लगायत स्थानहरू  स्थित मेची राजमार्ग वैकल्पिक मार्गबाट साना सवारी मात्र आवागमन गर्न सकिने  काभ्रेपलान्चोक जिल्ला  रोशि गाउँपालिका ११ माम्तीखोला डालाबेसी बुल्ढुङ्गा लगायत स्थानहरू  स्थित बिपी राजमार्ग एकतर्फी सुचारु भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima