Skip to content

संसद् विघटनविरुद्ध एमाले सर्वोच्च नजाने

nabil bank

काठमाडौं । नेकपा एमाले संसद् विघटनविरुद्ध सर्वोच्च नजाने भएको छ। यसअघि गुण्डुमा बसेको सचिवालय बैठकले संसद् विघटनको विरोध गर्दै अदालत जाने निर्णय गरेको थियो।

एमालेले संसद् विघटन र प्रधानमन्त्री सुशीला कार्की नियुक्ति संवैधानिक रूपमा नभएको भन्दै प्रश्न उठाउँदै आएको छ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संस्थागत रुपमा पार्टी नै रिट लिएर सर्वोच्च नजाने बताएका छन् । उनले भने, ‘आजै ५ वटाभन्दा धेरै रिट परिसकेका छन्, यो क्रम अझै बढ्छ नै। हामीले संसद् विघटनको विरोध गरेका छौं। हामीले राजनीतिक निर्णय गरेका छौं। तर, निवेदन लिएर जाँदैनौं।’

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi