Skip to content

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

गण्डकी । जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ ।

कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए । कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित सेवाग्राहीलाई प्रतिक्षालयबाट सेवा दिन सुरु गरिएको जानकारी दिँदै उनले अत्यावश्यक सेवा भनिए पनि सेवाग्राहीलाई सकेसम्म सबै सेवा उपलब्ध गराइने उद्देश्य राखिएको बताए।

कार्यालयमा रहेका झण्डै ८० प्रतिशत कागजात पूर्ण रूपमा नष्ट भएकाले समस्या भएको उहाँको भनाइ छ । आन्दोलनका क्रममा कार्यालयमा रहेकामध्ये पोखरा महानगरपालिका–११, १२, १३ सहित मौजा, हेम्जाका कागजात जोगिए पनि अन्य सबैजसो वडाका कागजातहरू डढेको उनले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi