Skip to content

नेपाल प्रहरीले ८५ वटा गाडी किन्न गर्‍यो टेण्डर आह्वान

काठमाडौं । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै गाडी किन्नका लागि टेण्डर आह्वान गरेको हो।

सूचनाअनुसार प्रहरीले पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअफ गाडी खरिद गर्न लागेको हो। टेण्डरदाताले ९ कात्तिक (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन सक्ने छन्।

विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र नेपाल प्रहरी प्रधान कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ। प्रहरीका अनुसार टेण्डरहरू १४ कात्तिक (३१ अक्टोबर) मा अपराह्न २ बजे खोलिने छन्।

टेण्डरहरू बैंक ग्यारेन्टीसहित पेस गर्नुपर्ने र उक्त ग्यारेन्टी टेण्डर वैधता अवधि भन्दा ३० दिन बढीको हुनुपर्ने उल्लेख गरिएको छ। जेनजी आन्दोलन क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा प्रहरीको गाडी जलाइदिएका थिए।

‍त्यसपछि गठन भएको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने तय भइसकेको छ। निर्वाचन आयोगले प्रहरीलाई गाडी किनिदिनका लागि आग्रहसमेत गरेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi