Skip to content

मौसम खुलेपछि काठमाडौंदेखि धनगढी, यात्रामा देखिएका हिमाल (फोटो फिचर)

काठमाडौं । सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो काट्नु मात्र होइन, हिमालको एक भव्य ग्यालरी अवलोकन गर्नु पनि हो।

पश्चिमतिर अघि बढ्दै जाँदा, मध्य नेपालको विशाल दृश्य खुल्छ। आठ हजार मिटरको विशाल मनास्लु हिमाल आफ्नो वरपरका हिमालचुली र ङादी चुली सँगै, आकाशलाई नै छोला जस्तो गरी उभिएको छ।

यसपछि यात्राको सबैभन्दा मोहक खण्ड आउँछः अन्नपूर्ण श्रृङ्खला। माछापुच्छ्रेको धारिलो चुचुरो, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका विशाल कायाहरूले हाम्रो आँखालाई चकित पार्छन्। सफा मौसममा, सूर्यको किरण पर्दा यी चुचुराहरू चादिजस्तै टल्किन्छन् र त्यो सौन्दर्यले मुटुलाई नै छोएर जान्छ।

अझ पश्चिम लागेपछि देखिने धौलागिरिको विशाल भव्यता र यसको सेतो चम्किलो रूपले यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ। कहिलेकाहीँ त, धौलागिरिभन्दा परको अपी र सैपाल जस्ता सुदूरपश्चिमका हिमालहरूको छायाँ मात्र देखिनु पनि निकै रोमाञ्चक हुन्छ।

धनगढी पुग्दा नपुग्दै यी हिमाली दृश्यले शान्ति र मनमा खुशीको तरङ्ग उत्पन्न गराइसक्छन्।

शब्द तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T