Skip to content

काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (फोटो फिचर)

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ। काठमाडौंको गौरीघाटमा मैथिली समुदायले मनाउन थालेको छठ पर्वको तयारी पनि शुरु भएको छ। छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई र सजावटको कार्य सुरू भएको छ।

खासगरी, तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ। यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ। केराका थम्बा, झिलिमिली बत्ती र सूर्यास्त र उत्खेउ सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ।

छठको तयारी तीव्र रूपमा भइरहेको छ र यस पटक गौरीघाटमा ६१० स्टलहरू तयार हुँदै छन् भन्ने जानकारी गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहले दिएका छन्। सो स्टल प्रयोग गर्न प्रतिव्यक्तिले १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima