Skip to content

डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

nabil
global ime

काठमाडौं । घुस रकमसहित पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख डुङ्गेश्वर गाउँपालिका गाउँकार्यपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएपछि कार्कीविरुद्ध आरोप (पत्र दायर गरेको आयोगले जनाएको छ।

आयोग प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध सडक निर्माण सकिएपछि बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुसबापत १ लाख रुपैयाँ माग गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा घुस लिएको पुष्टि हुन आएपछि कार्कीविरुद्ध आरोपपत्र दायर गरेको उनले जानकारी दिए।

अनुसन्धानका सिलसिलामा वरिष्ठ लेखा अधिकृत कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १,२ ,३,४ र ५ मा पर्ने जर्सीचोक देउली जडी हुँदै गाउँपालिका सडक स्तरोन्नत ियोजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा प्रक्रियाको सहजीकरण गरिदिने भनी बहाना बनाइ सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख छ।

केही समयअघि कार्कीलाई आयोगको टोलिले सेवाग्राहीसँग १ लाख रकम घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T