Skip to content

घरजग्गा कारोबारको लाइसेन्स खुल्यो, आवेदन दस्तुर १० लाखसम्म

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त मागेको छ। उक्त विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको हो।

विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ। सोही आधारमा अब एक पटकमा तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

निवेदनका लागि इच्छुकहरूले विभागको वेबसाइटमार्फत मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची–८ मा उल्लिखित कागजात स्क्यान गरी सोही ढाँचामा आवेदन पेस गर्नुपर्नेछ।विभागले यो व्यवस्था घरजग्गा कारोबारमा पारदर्शिता र नियमन कायम गर्नका लागि लागू गरिएको जनाएको छ ।

विभागले एकपटकमा ५ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था) को हकमा ५ लाख र एकपटकमा ५ करोडभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति (फर्म, कम्पनी वा संस्था)को हकमा १० लाख आवेदन दस्तुर बुझाउनुपर्ने उल्लेख गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi