Skip to content

पर्वतमा धानबालीमा क्षति पुगेका कृषकलाई गाउँपालिकाले राहत दिइने

पर्वत । किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई दक्षिण पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पु¥याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका किसानले कात्तिक ९ र १० गते काटेर सुकाएको धान निरन्तरको वर्षाले नष्ट गरिदिएको हो।

गाउँपालिकाले वर्षा रोकिएलगत्तै क्षतिको यथार्थ विवरण सङ्कलन गर्नका लागि प्रक्रिया अघि बढाउने र क्षतिको मूल्याङ्कनका आधारमा राहत उपलव्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए ।  ‘मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको यथार्थ विवरण संकलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने, ‘धान परालमा भएको नोक्सानीको मूल्याङ्कन गरी राहत रकम भुक्तानी गर्ने योजना बनाएका छौँ । यसले गर्दा कृषकले फेरि धान वा अन्य अन्न खरिद गरेर खान सकून् भन्ने पालिकाको उद्देश्य हो ।’

कृषि ज्ञान केन्द्रले पर्वतका सातवटै स्थानीय तहमा धानबालीमा वर्षाले क्षति पु¥याएको जनाएको छ । कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीले हाइब्रिड धान पाकिसकेकाले काटेको र खेतका गरामा नै भिजेको भनेर केही कृषकले जानकारी गराएको बताए । काटेर सुकाएका निहिन भिजाएकोभन्दा हावाले ढलाएका सूचना बढी आएको र त्यसमा पनि स्थानीय जातका धानमा बढी क्षति भएको किसानले बताएको सुवेदीको भनाइ छ ।

नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको तर पूरै पाकेको धान भने झर्न सक्ने उनको भनाइ छ । सुवेदीले मौसमको आगामी अवस्थाका बारेमा जानकारी लिएर मात्रै धान काट्नुपर्ने बताउँदै क्षतिको विवरण सङ्कलनको काम भइरहेकाले अहिले नै यकिन तथ्यांक आइनसकेको बताए । उनले किसानलाई क्षतिपूर्तिका लागि केन्द्रले पहल गर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi