Skip to content

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १४ हजार ६४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त सेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

सेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ। तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi