Skip to content

मुस्ताङको नरसिंह खोला नुन खानी खोंचमा थुनियो

nabil bank

मुस्ताङ । यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित नुन खानी खोंचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको स्थानीय प्रशासनले जनाएको छ ।

शनिबार रातिदेखि खोला थुनिएर थुनिएको स्थानभन्दा मुनि पानी सुकेको स्थानीयले आज बिहान जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । ‘खोलाको पानी पुरै थुनिएको छ, अलिअलि मात्रै रसाएको देखिन्छ,’ प्रजिअ भुसालले भने, ‘आज दिउँसो नेपाली सेनाको ड्रोनमार्फत थुनिएको स्थान खोजी गर्यौँ, नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल बनेको पाइयो ।’

सेनाले खोला थुनिएर ताल बनेको स्थानको तत्काल विश्लेषण गर्दा भोलिसम्म ताल नभरिने र नफुट्ने जानकारी प्राप्त गरेको प्रजिअ भुसालले बताए । सेनाको ड्रोनमार्फत लिएको तस्बीर हेर्दा खासै ठुलो ताल बनेको जस्तो नदेखिएको उहाँको भनाइ छ ।

खोलाको पानी सुकेसँगै खोलातर्फको सडकबाट आउजाउ गर्ने सवारी साधन नचलाउन र मानिसलाई ओहोरदोहोर नगर्न जिल्ला प्रशासनले सूचना जारी गरेको छ । वारागुङ–३ स्थित प्राचीन नुन खानी तेताङ गाउँको उत्तर÷पूर्वमा पर्छ । तेताङबाट पैदल एक घण्टा यात्रामा पुग्ने सकिने नुनखानी दुई अग्ला अग्ला विशाल पहाडको खोंचमा पर्छ ।

‘थुनिएको खोलाको ताल फुटेर तल छुसाङको तटीय बस्तीमा हुने जोखिम कम भएको हामीले विश्लेषण गरेका छौँ, भोलि बिहान नुन खानीमा पुगेर थुनिएको स्थानलाई निकास दिने विकल्प खोज्छौँ,’ प्रजिअ भुसालले भने । सो स्थान छुसाङबाट डेढ घण्टाको पैदल दूरीमा पर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi