Skip to content

नगद लाभांश घोषणा गरेको आरएसडिसी लघुवित्तले तोक्यो बुक क्लोजको मिति, मर्जरमा जान तयार

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कात्तिक १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई कर सहित ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले मंसिर १२ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।
सभा प्रयोजनका लागि कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कात्तिक २४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोेकेको लाभांश पाउनेछन् ।

कम्पनीले सभामा अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सो समितिले गरेको कार्य अनुमोदन गर्न, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा डीडीए नियुक्ती गर्न, निजको पारिश्रमिक तोक्ने लगायतका प्रक्रिया अवलम्बन गरी उपयुक्त संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T