Skip to content

धनगढीको मिलनचोकबाट स्रोत नखुलेको २८ लाखसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले स्रोत नखुलेको २८ लाख ३ सय ४० नेपाली रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित पलिया बस्ने २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता छन्। यूपी ३१ सीएन ११७५ नम्बरको कारमा नेपाल आएका उनीहरूलाई धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। अहिले दुवै जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi