Skip to content

ग्लोबल आइएमई बैंक र नास–आईटीबीच डिजिटल बैंकिङ सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरूमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रका लागि बैंकको कर्जा योजनाहरू, बैंकिङ सेवा, डिजिटल र नविनतम बैंकिङ सेवाहरू, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरूलगायत विभिन्न विषयमा छलफल गरेको थियो ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए।
साथै, बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको जानकारी दिए ।
बैंक र नास–आईटीबीचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको छ । ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi