Skip to content

पर्सामा १ हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

वीरगञ्ज । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी यहाँ १ हजार ६९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुङ्ग्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा दुई हजार ३६७ उजुरी परेकामा हालसम्म छ सय ३५ उजुरी फछ्र्योट गर्न बाँकी छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले “रु एक लाखको ऋण दिएर ३ लाख रुपैयाँसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याजपीडितले न्याय पाउन सकेका छैनन्’, भने ।

पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि १ लाख १० हजार रुपैयाँ ऋण लिएकामा साहुकार जोगिन्दर राउत कुर्मीले ३ लाख ३० हजार रुपैयाँको तकसुक बनाएको आरोप लगाएका छन् । उनले भने, ‘सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ ।’

पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५९७ रुपैयाँ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी प्रवक्ता बस्नेतले दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi