Skip to content

एनपिएल हेर्न सामान्य टिकटको लागि ५ सय तिर्नुपर्ने

नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)(NPL) दोस्रो संस्करणको टिकट मूल्य सार्वजनिक गरेको छ। क्यानले मिति २०८२ साल मंसिर १ गतेदेखि गोविन्द भट्टराई क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुन गइरहेको प्रतियोगिताका लागि टिकट दर तोकेको हो।

क्यानका अनुसार, ओपनिङ डे र शनिबारका खेलका लागि सामान्य टिकटको मूल्य  ५ सय रुपैयाँ र प्रिमियम टिकटको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ । सप्ताहका अन्य दिनका खेलहरूमा पनि सामान्य टिकट ५ सय रुपैयाँ र प्रिमियम टिकट १ हजार रुपैयाँ रहनेछ । प्ले अफ र फाइनल खेलका लागि सामान्य टिकट १ हजार र प्रिमियम टिकट २ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, यस संस्करणको सिजन पासको मूल्य  १५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टिकट ‘खल्ती बाई आइएमइ’ मार्फत खरिद गर्न सकिने जनाइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima