Skip to content

बैंकिङ क्षेत्र तमसुक लेखेर बस्ने होइन, नयाँ क्षेत्र खोजेर कर्जा लगानी बढाउनु पर्योः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था पहिले जस्तो तमसुक लेख्ने काम गरेर बस्ने अवस्थामा नरहेको स्मरण गराए । सिबिफिनको छैटौँ साधारणसभामा बोल्नै उनले यस्तो बताएका हुन्।
गभर्नर पौडेलले बैंकको पैसा बैंकभन्दा बाहिर जान नहुने धारणा राखे  । ‘बैंकबाट बाहिर जानु हुँदैन भन्दैमा पहिला–पहिलाको जस्तो तमसुक लेखेर बस्ने बेला छैन।’ उनी भन्छन्, ‘बैक वित्तीय संस्थाले नयाँ क्षेत्र, आर्थिक विकास हुने, आईटीका क्षेत्रमा लगानी गर्नुपर्यो ।’ यस्ता क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी गरे त्यसमा सहयोग गर्न आफू तयार रहेको उनले बताएका छन् ।
गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थालाई उद्यमशीलता विकास हुने क्षेत्र खोजेर लगानी गर्न सुझाव दिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T