Skip to content

नेशनल लाईफको नाफा सामान्य बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस कम्पनीले चालु आवको ३ महिनामा १४ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनमा १.८१ प्रतिशत बढेको हो । गत आवको पहिलो त्रैमासमा यस कम्पनीले १३ करोड ८३ लाख रुपैयाँको नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब ८५ करोड ११ लाख रुपैयाँको तुलनामा चालू आवमा झण्डै १४ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवको असोज मसान्तसम्म कम्पनीको जीवन बीमाकोषमा ७५ अर्ब ७ करोड ४१ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा २४.७२ प्रतिशतले बढेर ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

यता कम्पनीको कुल आम्दानी ६ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबाट ९.२३ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड १४ लाख रुपैयाँ पुग्दा कुल खर्च पनि ६ अर्ब ३० करोड २५ लाख रुपैयाँबाट १०.५८ प्रतिशतले बढेर ६ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यस कम्पनीले गत आवको तीन महीनामा आफ्ना अभिकर्ताहरूलाई ४२ करोड ६१ लाख रुपैयाँ कमिशन दिएकोमा चालू आवको तीन महीनामा झण्डै १२ प्रतिशतले बढाएर ४७ करोड ७१ लाख रुपैयाँ कमिशन दिएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी भने ३६ पैसाले घटेर १०.३० रुपैयाँमा झरेको छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १०.६६ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३१.५४ रुपैयाँ रहेको छ। चालु आवको पहिलो त्रैमाससम्म आउँदा यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको सेयर प्रिमियम २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६८ करोड १३ लाख रुपैयाँ र जगेडा कोषमा ६३ करोड ८० लाख रुपैयाँ सञ्चिति रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima