Skip to content

शिखर इन्स्योरेन्सले गर्यो एनएफआर–१७ बमोजिम वित्तीय विवरण सार्वजनिक

काठमाडौं । बीमा क्षेत्रमा पहिलो पटक शिखर इन्स्योरेन्स कम्पनीले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड–१७, इन्स्योरेन्ज कन्ट्रयाक्ट (एनएफआरएस–१७) बमोजिम वित्तीय विवरण प्रकाशन गरेको छ ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण एनएफआरएस–१७ बमोजिम सार्वजनिक गरेको छ ।

नेपाल लेखामान बोर्डबाट चालु आर्थिक वर्षबाट लागू हुने गरी जारी गरिएको वित्तीय विवरणमा लागू गर्ने नेपालको पहिलो कम्पनीका रुपमा शिखर इन्स्योरेन्स बनेको छ।

यता बीमा प्राधिकरणबाट जारी गरिएको वित्तीय विवरणसम्बन्धी निर्देशिकाबमोजिमको त्रैमासिक वित्तीय विवरणसँगै एनएफआरएस–१७ बमोजिमको संक्षिप्त वित्तीय विवरणसमेत प्रकाशित गरिएको जनाइएको छ ।

‘यस उपलब्धि पारदर्शिता, सुशासन र विश्वव्यापी वित्तीय प्रतिवेदनमान तथा मापदण्डको परिपालनतर्फ अघि बढिरहेको सम्पूर्ण नेपाली बीमा क्षेत्रका लागि एक ऐतिहासिक कदमका रुपमा रहेको कम्पनीले जनाएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

यस उपलब्धिले प्रचलित व्यवस्थाहरुको अनुपालनप्रति शिखर इन्स्योरेन्सको प्रतिवद्धता र निरन्तर सुधारप्रतिको समर्पणलाई प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ ।

यसले विश्वव्यापी उत्कृष्ट अभ्यासहरु आत्मसात गर्न तथा बीमा क्षेत्रलाई आधुनिकिरण, विश्वसनीयता र पेसागत उत्कृष्टताको नयाँ युगतर्फ नेपाली बीमा कम्पनीहरुकोे तत्परतालाई समेत पुष्टि गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi