Skip to content

गभर्नर पौडेल र आइएमएफका निर्देशक श्रीनिवासनबीच भेट

nabil
global ime

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन् । सोमवार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालयमा श्रीनिवासन र गभर्नर पौडेलबीच शिष्टाचार भेट भएको हो ।

भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, राजस्व संकलन, विदेशी मुद्रा सञ्चिति, बैंकिङ क्षेत्रको सुधार, जलवायु परिवर्तनसँग सम्बन्धित वित्तीय जोखिम तथा नेपालले आइएमएफबाट प्राप्त गर्दै आएको प्राविधिक सहयोगलगायतका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

गभर्नर डा. पौडेलले नेपालले आर्थिक स्थिरता कायम गर्न र सुशासनलाई सुदृढ बनाउन चालेका कदमहरूबारे निर्देशक श्रीनिवासनलाई जानकारी गराएका थिए। श्रीनिवासनले नेपालको आर्थिक सुधारप्रति आइएमएफको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेको बताइएको छ । यसअघि डा। श्रीनिवासन नेतृत्वको आइएमएफ टोलीले अर्थ मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि छलफल गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T