Skip to content

सन नेपाल लाइफ र लुम्बिनी वर्ल्ड पीस फोरमबीच सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दीर्घकालीन सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी वर्ल्ड पीस फोरमसँग संयुक्त रूपमा ‘वान मिलियन ट्रीज क्याम्पेन’ अघि बढाउने औपचारिक सम्झौता गरेको छ।

प्राकृतिक संरक्षण, वातावरणीय सन्तुलन र हरियाली विस्तारमा योगदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले देशभरका समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

कम्पनीका अनुसार, वान मिलियन ट्रीज क्याम्पेनले देशभर हरियाली विस्तारमा दीर्घकालीन टेवा पुर्‍याउने छ। एक मिलियन रूख लगाउने लक्ष्य नै आफैँमा वातावरणीय सन्तुलन, कार्बन उत्सर्जन न्यूनीकरण र तापक्रम नियन्त्रणतर्फको महत्वपूर्ण कदम हो। यसले भविष्यका पुस्तालाई सुरक्षित वातावरण दिई दिगो जलवायु व्यवस्थापनमा ठूलो योगदान पुर्‍याउने अपेक्षा छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi