Skip to content

नबिल बैंकको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकले संस्थापकको एक लाख २५ हजार बिक्रीमा राखेको छ । बैंकले आफ्ना ३ जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकका संस्थापक सेयरधनी जीत बहादुर श्रेष्ठको स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा राखको छ । यसैगरी, जिज्ञाशा अर्यालको स्वामित्वमा रहेको ५० हजार र सेयरधनी जश श्रेष्ठको स्वामित्वमा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो।

हाल यस सेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै निवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र खरीद मूल्य खुलाएर गोप्य शिलबन्दी पेश गर्नु पर्नेछ।

जसमध्ये जश श्रेष्ठको स्वामित्वको २५ हजार कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकिएको छ भने बाँकी १ लाख कित्ता सेयरको न्यूनतम मूल्य तोकिएको छैन। ३५ दिनभित्र संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima