Skip to content

एनपीएलमा सट्टाबाजी गराउन खोज्ने ८ जना पक्राउ

काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज्ञ। भारत देश आन्द्रा प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई हाल जिल्ला काठमाण्डौ सामाखुशी बस्ने वर्ष ३१ को राजा यदुला, भारत देश आन्द्रा प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई हाल जिल्ला काठमाण्डौ सामाखुशीमा बस्ने वर्ष ३५ को महेश बाबु, भारत देश आन्द्रा प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई हाल जिल्ला काठमाण्डौं सामाखुशी बस्ने वर्ष ३० को पण्डित श्रीनिवासुलु लगायत ८ जान पक्राउ परेका हुन् ।

एनपिएलको दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी भई अनलाइन मार्फत बेटाकुलरडट लाइभ नामक बेटिङ साइटबाट हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T