Skip to content

सन नेपाल लाइफ इन्स्योरेन्सको नारायणी क्षेत्रका  तीन शाखाको स्थानान्तरण

nabil
global ime

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटा शाखा स्थानान्तरण गरेको छ ।

कम्पनीले नारायणी क्षेत्र अन्तर्गत  टाडि शाखा  (रत्ननगर टाडि २ ), भरतपुर शाखा (भरतपुर ३, शहिद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर १८) गरि  तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त स्थानमा स्थानान्तरण गरेको छ ।

नयाँ कार्यालयमार्फत कम्पनीले विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको  छ।

कार्यक्रममाप्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमा पुर्‍याउन संरचनागत सुदृढीकरण अत्यावश्यक रहेको उल्लेख गरे । उनले शाखा स्थानान्तरण पहल ग्राहकमैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए ।

प्रमुख बजार अधिकृत गणेश चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउंटर, डिजिटल अभिलेख प्रणाली तथा सहज ग्राहक मार्गदर्शन जस्ता संरचनात्मक सुधारले ग्राहक सन्तुष्टि बढाउने विश्वास व्यक्त गरे।

सन नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहक हितलाई प्राथमिकतामा राख्दै देशभर सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

हाल, सन नेपाल लाइफले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T