Skip to content

गोवाको नाइट क्लबमा भएको आगलागीमा ४ जना नेपालीले गुमाए ज्यान

काठमाडौं । गोवाको नाइट क्लबमा गत शनिवार भएको आगलागी घटनामा परेर ४ जना नेपालीले ज्यान गुमाएका छन् ।
उक्त आगलागीमा ज्यान गुमाउनेको संख्या २५ जना पुगेको छ । जसमध्ये २० जना उक्त क्लबमा काम गर्ने स्टाफ रहेका छन् । उक्त स्टाफमध्ये चार जना नेपाली नागरिक रहेको गोवा पुलिसले जनाएको छ।
घटनामा ज्यान गुमाउने नेपाली नागरिक चूर्ण बहादुर पुन, विवेक कटवाल, सुदीप र सविनको रूपमा पहिचान भएको छ। चारै जना नेपाली नागरिकको पोस्टमार्टम रिपोर्ट आई सकेको र गोवाको अस्पतालमा शव राखिएको छ।
गोवा सरकारको तर्फबाट नयाँ दिल्ली स्थित नेपाली राजदूतावासमा सम्पर्क गरी शवलाई नेपाल पठाउन समन्वय भई रहेको गोवा पुलिसले जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi