Skip to content

रास्वपा कोषाध्यक्ष अधिकारी निफ्राको सन्चालक चयन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारण सभाबाट चुक्ता पुँजीको ६.३१ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ।
यसैगरी, साधारण सभाले साधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यक्रम रहेको थियो । साधारण सभामा भएको निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी आचार्य र मनिष थापा निर्वाचित भएका छन् । यी दुवै जना सर्वसाधारण सेयरधनी समूहबाट निर्वाचित भएका हुन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T