Skip to content

शाइन रेसुङ्गासहित आधा दर्जन कम्पनीका साधारणसभा आज, कुन-कुनले बनाए सेयरधनीको हात खाली ?

nabil bank

काठमाडौं । आज विभिन्न आधा दर्जन कम्पनीले बार्षिक साधारणसभा बोलाएका छन् ।

सभा बोलाएका कम्पनीहरुमध्ये तीन वटा कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् भने बाँकी तीन वटा कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेका छन् ।

आज सभा गर्नेमा बरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, बरुण हाइड्रोपावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, सगरमाथा जलविद्युत् कम्पनी, शुभम पावर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् ।

सेयरधनीको हात खाली बनाउनेमा मकर जितुमाया सुरी हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी र शुभम पावर कम्पनी रहेका छन् ।

सेयरधनीलाई लाभांश नदिएको सगरमाथा जलविद्युत् कम्पनीले भने शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ ।

आज सभा बोलाएको बरुण हाइड्रोपावरले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै सर्वोत्तम सिमेन्टले ५ प्रतिशत बोनस सेयर र कर सहित १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यता शाइन रेसुङ्गा डेभलपमेन्ट बैैंकले ३ प्रतिशत बोनस सेयर र कर सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi