Skip to content

समस्या ग्रस्त सेयर मार्केट्स एण्ड फाइनान्सको वैकल्पिक सञ्चालकलाई सम्पर्कमा आउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको सदस्य (सञ्चालक) पद रिक्त भएपछि वैकल्पिक उम्मेदवारलाई सम्पर्कमा आउन राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले बुधबार सूचनामार्फत दोस्रो नम्बरमा रहेका वैकल्पिक उम्मेदवारलाई केन्द्रीय कार्यालय, नियमन तथा सुपरिवेक्षण विभाग, बालुवाटार, काठमाडौंमा सम्पर्क गर्न जानकारी गराएको हो।

सूचनाअनुसार तोकिएको मितिभित्र सम्पर्कमा नआएमा नियमअनुसार हुने व्यहोरा समेत सम्बन्धित सबैलाई अवगत गराइएको छ। कम्पनीले रिक्त पद पूर्तिका लागि कानुनी प्रक्रिया अघि बढाउनुपर्ने भएकाले समयमै उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T