Skip to content

नबिल बैंकले मुद्दा वापत जितेको १ अर्बभन्दा बढी रकम आयो खातामा

काठमाडौं । नबिल बैंकले मुद्दा वापत जितेको १ अर्बभन्दा बढी रकम खातामा आएको छ । त्रिशुली थ्री–बी जलविद्युत् परियोजनाको निर्माण ठेक्का तोडिएको विषयमा चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग सम्बन्धित काउन्टर ग्यारेन्टी विवादमा नबिल बैंकले चिनियाँ अदालतमा मुद्दा जित्दै १ अर्ब रुपैयाँभन्दा बढी रकम प्राप्त गरेको हो।

ठेक्का सम्झौता रद्द भएपछि काउन्टर ग्यारेन्टी जारी गर्ने चिनियाँ बैंक चाइना एभरब्राइट बैंकले भुक्तानी दिन अस्वीकार गरेपछि नबिल बैंकले चीनमा कानुनी प्रक्रिया अघि बढाएको थियो । ठेकेदार कम्पनीको अनुरोधमा अदालतबाट अन्तरिम आदेश जारी भएपछि भुक्तानी रोकिएको थियो । तर, अन्तिम सुनुवाइ र पुनरावेदनमा समेत नबिल बैंकको पक्षमा फैसला आएपछि बैंकले ७४ लाख ५० हजार अमेरिकी डलर (हालको विनिमय दरअनुसार करिब १ अर्ब ४ करोड रुपैयाँ० प्राप्त गरेको हो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज ज्ञवालीका अनुसार करिब दुई वर्ष लामो कानुनी प्रक्रियापछि आइतबार उक्त रकम खातामा आएको हो । ठेक्का तोडिएलगत्तै त्रिशुली जलविद्युत् कम्पनीले नबिल बैंकबाट ग्यारेन्टी रकम तत्काल भुक्तानी पाइसकेको थियो । चिनियाँ बैंकबाट रकम नआएपछि नबिलले अस्थायी रूपमा कर्जा नोक्सानी व्यवस्था गर्नुपरेको थियो ।

३७ मेगावाट क्षमताको त्रिशुली थ्री–बी आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गतको पहिलो परियोजना हो, जसको निर्माण ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi