Skip to content

बैंक तथा वित्तीय संस्थाको नाम वर्गीकरण गर्न कार्यदलको सुझाव 

काठमाडौं । बैंकिङ क्षेत्र सुधारका लागि गठन गरिएको कार्यदलले बैंक तथा वित्तीय संस्थाको हाल कायम वर्गीकरण प्रणाली परिवर्तन गर्न सुझाव दिएको छ ।
हाल प्रचलनमा रहेको क, ख, ग र घ वर्गीकरणले संस्थाको गुणस्तर र हैसियतबारे सकारात्मक–नकारात्मक सन्देश जाने भएकाले यसलाई प्रतिस्थापन गर्नुपर्ने निष्कर्ष कार्यदलले निकालेको हो।
कार्यदलको प्रतिवेदन अनुसार  ‘क’ राम्रो र  ‘घ’ कमजोर भन्ने मनोवैज्ञानिक प्रभाव बजार, निक्षेपकर्ता तथा लगानीकर्तामा पर्ने गरेको छ। यसले वित्तीय संस्थाबिच अनावश्यक असमानता सिर्जना गर्नुका साथै केही संस्थाप्रति अविश्वासको अवस्था पनि जन्माएको कार्यदलको निष्कर्ष रहेको छ। जसको कारण अब क, ख, ग, घ को सट्टा वाणिज्य बैंक, विकास बैंक, वित्त बैंक र लघुवित्त  बैंक भन्ने स्पष्ट र कार्यमुखी वर्गीकरण अपनाउन उपयुक्त हुने कार्यदलको सुझाव रहेको छ ।
नामका आधारमा संस्थाको कार्यक्षेत्र, जोखिम वहन क्षमता र नियमन संरचना स्पष्ट हुने भएकाले वित्तीय प्रणाली थप पारदर्शी र विश्वासयोग्य बन्ने अपेक्षा गरिएको छ। यसका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायले पहल गर्नुपर्ने सुझाव दिइएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi