Skip to content

नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकका लागि छान्यो ११० उम्मेदवार, अधिकांश नयाँ अनुहार

nabil
global ime

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सबै दल र समुहलाई समेटेर समानुपातिक उम्मेदवारको ११० जनाको नामावली तयार पारेको छ । पार्टीले धेरै जसो नयाँ अनुहारलाई समानुपातिकको सूचीमा राखेको छ ।

पार्टीले महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, प्रमेशकुमार हमाल, जितेन्द्र दाहाल, डम्बरबहादुर क्षेत्री, विनोद कुटुवाल, राममणि पोखरेल, तीर्थबहादुर बुढा, सुजाता काफ्ले, विष्णु लम्साल, भीमबहादुर भण्डारी, कृष्णबहादुर बुढा, गोविन्दराज पौडेल, विष्णु खनाल, दीपक जंगम पनि समानुपातिक सूचीमा छन् ।

त्यस्तै करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला नहर्की, गंगा खड्का बोगटी, निर्मला साउद, दिलकुमारी पन्त,कैसर जहाँ, जरिना बेगम, मन्जु कोइराला, उषाकुमारी पोखरेल, भगवती नेपाल, निरा ढुंगाना, जयानन्द कार्की रावल, ज्ञानु आचार्य, यमुना गुरागाईं, सावित्री पोखरेल रहेका छन् ।

यस्तै जामिया खातुन, अमरुल निसा, ताज मोहम्मद मियाँ, मिराशा चौधरी, अन्जु दहित, सस्मति चौधरी, उषाकुमारी चौधरी, भुवनकुमार थारु, राम अवतार राना र लक्ष्यबहादुर चौधरी रहेका छन् ।

यस्तै तारा विश्वकर्मा, सुमारिया देवी पासवान, कमला ज्ञवाली, गणेश विश्वकर्मा, मित्र परियार, शरद रसाइली, शंकर दुलाल, ठाकुर विक, कृष्ण नेपाली, गोपाल परियार, कमलराज यादव, श्रीप्रसाद साह, छेदी रजक, अभिमन्यु यादव, अरविन्द दास, गीता गहतराज, पार्वती विक, विनिता विक, रेखा राम र शारदा दमाई छन् ।

यस्तै भीमकुमारी बुढा, सामति गुरुङ, शर्मिला लामा, ममता राजवंशी, अञ्जिता श्रेष्ठ, विष्णुकुमारी थापा, मेनुका थुलुङ, सुनिता बुढामगर, निर्मला श्रेष्ठ, रामदेवी तामाङ, सुनिता घले, गीता श्रेष्ठ, सनिम लामा, नलिनी सिंह, सबिता तामाङ, जमुना गाइजु, कल्पना लिम्बू, परशुराम तामाङ, दिलीप प्रजापति, झक्कु घर्ती, खेमकुमार राई, बखानसिंह तमु, पासाङ शेर्पा, भरतककुमार श्रेष्ठ, वीरबहादुर बुढाथोकी, दंगध्वज दयाहाङ, शेरबहादुर तामाङ, मंगलसिंह प्रजा, चेतबहादुर पुन, रुकुम पाख्रिन, रहलसिंह तामाङ र पुष्प राजकर्णिकार रहेका छन् ।

तारा महतो, रामसखी देवी, सुनितादेवी यादव, पूर्ण झा, जयरानी सहनी, पुनम जयसवाल, संगीता यादव, सुधा सिंह, कल्पना यादव, जोगकुमार बर्बरिया, सुरेन्द्र जयसवाल, घनश्याम रजक र किसुन मण्डलको नाम नेकपाले समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T