Skip to content

अशोक स्टिलको व्यापार एक वर्षमा ७६ करोडले बढ्यो, कुन वर्ष कति? 

काठमाडौं । अशोक स्टिल इन्डस्ट्री प्राइभेट कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ३७ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा ७६ करोड १० लाख  रुपैयाँले बढेको हो ।

सन् २०२४ मा कम्पनीले ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यस कम्पनीको व्यापार सन् २०२३ को तुलनामा २०२४मा भने घटेको देखिन्छ ।

कम्पनीले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको थियो । यस कम्पनीले कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६३ करोड ७७ लाख ७० हजार रुपैयाँको रेटिङ गराएको हो ।

अशोक स्टिलको स्थापना बिस २०४० फागुनमा भएको हो । यो कम्पनी बारा जिल्लाको गढीमाई नगरपालिका–१० मा रहेको छ। टीएमटी बार उत्पादनलाई मुख्य व्यावसायिक उद्देश्यका रूपमा अघि बढाउँदै आएको यस उद्योगले तीन दशकभन्दा धेरै समयदेखि उत्पादन तथा व्यापार विस्तार गर्दै आएको छ।

यस कम्पनीको टीएमटी बार उत्पादन क्षमता वार्षिक १० हजार मेट्रिक टन रहेको छ। साथै, कम्पनीले स्पन्ज आइरन र स्क्र्याप आइरनलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी एमएस बिलेट समेत उत्पादन गर्दै आएको छ। उद्योगले गुणस्तरयुक्त इस्पातजन्य सामग्री उत्पादनमार्फत घरेलु बजारको माग पूर्ति गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi