Skip to content

सालपा विकास बैंकको आईपीओ निष्कासन, कति कित्तासम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं । सालपा विकास बैंकले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

बैंकले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेर आजदेखि सर्वसाधारणलाई निष्कासन गरेको हो ।

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।

जसमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर श्रम स्वीकृति लिएर विदेशमा गएका नेपालीका लागि र ८६ लाख १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरेको छ ।

कर्मचारीका लागि २६ हजार ११९ कित्ता सेयर सुनिश्चित गरेको छ । आजदेखि प्रतिकित्ता सय रुपैयाँका दरले १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

आईपीओमा २० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ३० गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका गरेको बैंकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima