काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस १४ गते र पुस १९ गते दुई पटक ५० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । राष्ट्र बैंकले दुई पटक गरेर ५० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।
राष्ट्र बैंकले पुस १४ गते निष्कासन गरेको ऋणपत्रमा अत्यधिक आवेदन परेपछि दोस्रो पटक २५ अर्ब रुपैयाँको नै ऋणपत्र राष्ट्र बैंकले निष्कासन गरेको हो । पुस १४ गते २५ अर्बको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले १ अर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
राष्ट्र बैंकले पहिलो पटक निष्कासन गरेको ऋणपत्रमा माग उच्च देखिए पछि फेरी दोस्रो पटक पनि २५ अर्ब रुपैयाँ कै ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा पनि मागभन्दा दोब्बर आवेदन परेको छ ।
नेपाल राष्ट्र बैंकले दोस्रो पटक २५ अर्ब रुपैयाँको आवेदन मागेकोमा बैंक तथा वित्तीय संस्थाले ५१ अर्ब ५ करोड रुपैयाँको आवेदन दिएका छन् । राष्ट्र बैंकले दुई पटक निष्कासन गरेको ऋणपत्रमा १ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।
राष्ट्र बैंकका अनुसार पहिलो पटकको लिलामी प्रक्रियामा ३२ वटा बैंक तथा वित्तीय संस्थाबाट १२९ वटा बोलपत्रमार्फत १ अर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ । यस ऋणपत्रको औसत कुपनदर अर्थात् ब्याजदर २.६४ प्रतिशत रहेको छ।
यसैगरी, दोस्रो पटकको लिलामी प्रक्रियामा २८ वटा बैंक तथा वित्तीय संस्थाबाट ९८ वटा बोलपत्रमार्फत ५१ अर्ब ५ करोड रुपैयाँको आवेदन प्राप्त भएको छ । यस ऋणपत्रको औसत कुपनदर अर्थात् ब्याजदर २.६७ प्रतिशत रहेको छ।
राष्ट्र बैंकले १ वर्ष अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत तय गरिने जनाइएको छ । ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । राष्ट्र बैंकले पहिलो पटक निष्कासन गरेको ऋणपत्रको सावाँ २०८३ पुस १४ गते र दोस्रो पटक निष्कासन गरेको ऋणपत्रको भुक्तानी पुस १६ गते हुने छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता मौज्दात रहेको छ । जसलाई व्यवस्थापन गर्नको लागि राष्ट्र बैंकले ऋणपत्र जारी गरेको हो । नेपाल राष्ट्र बैंकले पछिल्लो समय तरलता व्यवस्थापनका लागि विभिन्न नीतिगत कदमहरू अघि सार्दै आएको छ ।
तरला व्यवस्थापन गर्न राष्ट्र बैंकले हप्तामा दुई पटक निक्षेप प्रसोचन गर्ने गरेको छ । उक्त व्यवस्थाबाट तरलता व्यवस्थापन गर्न सकस परेपछि राष्ट्र बैंकले पहिलो पटक ऋणपत्र निष्कासनको प्रक्रिया अगाडी बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्