Skip to content

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईको टोलीबीच भेट, चुनाबमा सहयोग गर्न आग्रह

nabil bank

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा  प्रसाईंकाे नागरिक बचाउ अभियान टोलीसँग भेटघाट तथा छलफल गरेकी छन् । बिहीबार प्रधामन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रसाई्रं सहितको टोलीसंग भेट भएको हो ।

छलफलमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न आग्रह गरेकी छिन् । प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् ।

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन् । दुर्गा प्रसाईंले मंगलबार पनि प्रधानमन्त्री कार्कीलाई भेटेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi